काठमाडौँ , १३ असोज। संविधानका अन्तरवस्तुमा सहमति गर्ने जिम्मेवारी पाएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका विवादित विषयहरुमा सहमति नजुटे आफुले राजिनामा दिने कडा चेतावनी दिनुभएको छ ।
संविधानका विवादित विषयमा सहमतिका लागि सम्वाद समितिलाई दिएको समयसीमा सकिन एक दिन मात्र बाँकी रहेका बेला उहाँले यस्तो चेतावनी दिनु भएको हो । सम्वाद समितिलाई मंगलबारसम्मको समयसीमा दिइएको छ ।
संविधानसभामा रहेका ३१ वटै दलका शीर्ष नेताहरुसँग एकै ठाउँ र अलग–अलग भेटेर पटक–पटक छलफल गर्नुभएका भट्टराई पछिल्लो समय तीन दलका शीर्ष नेताहरुसँग रुष्ट बन्दै आउनु भएको छ ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको आइतबारको बैठकमा पनि उहाँले दलहरुलाई स्वतन्त्र निर्णय गर्ने क्षमता नभएको भन्दै आलोचना गर्नुभएको थियो ।
उहाँले बैठकमा दलहरुसँग स्वतन्त्र निर्णय गर्ने क्षमता नभएकै कारण संविधानका विवादित विषयमा दलहरुबीच सहमति हुन सक्ने दाबी गर्नुभएको थियो ।
उहाँले राज्यको पुनःसंरचना र शासकीय स्वरुपमा सहमति नगरी सम्वाद समितिले बनाएको प्रतिवेदनमा हस्ताक्षर नगर्नेसमेत प्रष्ट पार्दै आउनु भएको छ ।















प्रतिक्रिया