१ कार्तिक २०८३, शनिबार

काभ्रेका शिक्षकले दशैँ पेस्की र तलब पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १२ असोज । दशैँको मुखमा काभ्रेपलाञ्चोकका शिक्षकले दशैँ पेस्कीसहित चौमासिक तलब र भत्ता पाउन सकेका छैनन् । यसका कारण जिल्ला बाहिर दशैँ मनाउन जाने तयारीमा रहेका शिक्षक अन्योलमा परेका छन् ।

दशैँ मनाउन जाने वा नजाने कुनै निर्णय भइसकेको छैन,” जिल्ला बाहिरबाट आई काभ्रेपलाञ्चोकमा अध्यापन गराइरहनु भएका एक शिक्षकले भने ।

शिक्षकहरुले शिक्षा कार्यालय काभ्रेपलाञ्चोकको लापर्बाही भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले अविलम्ब साउनयतादेखिको चौमासिक तलब र भत्ता प्रदान गर्न आग्रह गरेका छन् ।

काभ्रेपलाञ्चोकमा झन्डै ६०० सामुदायिक विद्यालयका स्थायी, अस्थायी र राहत दरबन्दीका करिब चार हजार ७०० शिक्षकले तलब भत्ता पाउन नसकेको शिक्षा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

“केही दिन अझै बाँकी छ, बाटो हेर्छौ, अनि सोच्छौं,” शान्ति निकेतन उच्च माध्यमिक विद्यालयका शिक्षक गोविन्द रेग्मीले भन्नुभयो ।

उहाँले शिक्षा कार्यालयको बेवास्ताका कारण यो समस्या आएको उल्लेख गर्दै जिल्लाबाट विस्थापित भएका शिक्षकलाई राहत दरबन्दीमा पुनःस्थापन गराउने मन्त्रिस्तरीय निर्णयको विद्यालयले अवज्ञा गरेको आरोप लगाउनुभयो ।

अहिले यहाँ आउनुभएका शिक्षा अधिकारी राकेश श्रेष्ठ गत ६ गतेमात्रै हाजिर हुनुभएको हो । यसअघिका शिक्षा अधिकारी दिनेश खनाल हाजिर भएको दुई सातामै मन्त्रालय काज फिर्ता हुनुभएको थियो ।

शिक्षा अधिकारी श्रेष्ठले रासससँग कुरा गर्दै नियुक्त गरी पठाइएका शिक्षकलाई हाजिर गराइएको जिकिर गर्दै शिक्षकहरुलाई दसैँअघि नै तलब भत्ता खुवाउने प्रक्रिया सुरु भएको बताउनुभयो ।

उहाँले त्यसका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय र बैंकसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।