काठमाडौँ, १२ असोज । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलहरुमा स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमता नै नभएको आरोप लगाउनु भएको छ ।
संविधानसभाले सम्वाद समितिलाई सहमतिका लागि दिएको समयसीमा सकिनु एक दिन अघिको बैठकमा भट्टराईले दलहरुसँग स्वतन्त्र निर्णय गर्ने क्षमता नभएकै कारण संविधानका विवादित विषयमा दलहरुबीच सहमति हुन सक्ने दाबी गर्नुभयो ।
उहाँले आफूले लामो प्रयास गर्दा पनि दलहरुबीच सहमति जुट्न नसकेको भन्दै सहमतिका लागि जिम्मेवार नेताहरु नै गम्भीर नभएको आरोप लगाउनुभयो ।
उहाँले दलहरुको यही प्रवृत्तिले माघ ८ मा संविधान नबन्ने समेत ठोकुवा गर्नुभयो ।
उहाँले सास छउन्जेल आस हुने भन्दै सोमबारसम्म प्रयास जारी राख्ने बताउनुभयो । उहाँले नेताहरुलाई सहमतिका लागि दबाव दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।















प्रतिक्रिया