काठमाडौँ, १२ असोज । उच्चस्तरीय राजनीतिक समिति गठनकोसहितका माग राखेर संसद अवरुद्ध गर्दै आएको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा थप सशक्त भएर अघि बढ्ने भएको छ ।
उक्त मोर्चाले साना जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठवन्धन’सँग सहकार्य गरी मोर्चालाई थप सशक्त बनाउने तयारी गरेको हो ।
आइतबार बसेको दुबै मोर्चाको बैठकले काँग्रेस र एमालेले बहुमतका आधारमा पेलेर संविधान बनाउन खोजे अस्वीकार गर्ने निर्णय समेत गरेको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा संघीय गणतान्त्रिक मोर्चामा आवद्ध सात पार्टी र पहिचानमा आधारित संघीय गठवन्धनमा आवद्ध ९ दलका नेताहरुको सहभागिता थियो ।
बैठकले संघर्षका कार्यक्रम बनाउने जिम्मा दुई मोर्चाको सचिवालयलाई दिइएको छ । ‘१८ गतेसम्ममा सचिवालयले कार्यक्रम बनाएपछि १९ गते संयुक्त बैठक बसेर अन्तिम रुप दिने पनि मोर्चाले तयारी गरेको छ ।















प्रतिक्रिया