४ कार्तिक २०८३, बुधबार

पूर्वराजाको दशैं यसबर्ष खल्लो, समर्थकहरुलाई टीका पनि नलगाइदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-shah

काठमाडौ, १२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको यसबर्ष दशैं खल्लो हुने भएको छ ।

केही दिन अघि हृदयाघात भएपछि स्वास्थ्य लाभ गरिहेका पूर्वराजा शाहले यसबर्ष शक्तिपीठमा पूजाअर्चना र समर्थकलाई टीका नलगाउने भएका छन् । राजागद्दी छाडेपछि पनि बडादशमा विभिन्न शक्तिपीठमा पुगेर पूजाअर्चना गर्दै आएका थिए । त्यसैगरी, विजयादशमीका दिन महाराजगन्जस्थित निजी निवास निर्मल निवासमा आफ्ना समर्थकहरुलाई टीका जमरा लगाउने गरेका थिए ।

तर, यसबर्ष शक्तिपिठको दर्शन र विजयादशमीको दिन टिका लगाउने कार्य रोकिएको पूर्व राजाका सहयोगी फणि पाठकबाट जारी विज्ञप्तिमा उल्लेख छ । पाठकका अनुसार, चिकित्सकहरुले शाहलाई केही हप्ता आराम गर्न सुझाव दिएका छन् ।

यसअघि पूर्व राजा ज्ञानेन्द्र महाअष्टमीका दिन भद्रकाली, मैतीदेवी, गुह्यश्वरी, संकटा, भद्रकालीलगायतको मन्दिर जाने गरेका थिए ।