काठमाडौं, १२ असोज । नवनेपाल पार्टी नेकपा एमालेमा बिलय हुने भएको छ । नेपालको स्थापित औद्योगिक घराना दुगड ग्रुपका प्रमुख मोती दुगड नेतृत्वको उक्त पार्टी एमालेमा बिलय हुन लागेको हो ।
करिब दुई दर्जन उद्योगी व्यवसायीसहित दुगडले एमाले प्रवेश गर्ने तयारी गरेका हुन् ।
उनले मुख्यालय बल्खुमा कार्यक्रम गरी पार्टी प्रवेश गर्न लागेको एमाले जानकारी दिएको छ । दुगडलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी सदस्यता प्रदान गर्ने कार्यक्रम छ । कार्यक्रममा दुगडले नवनेपाल निर्माण पार्टी एमालेमा बिलय भएको घोषणा गर्नुहुने छ ।















प्रतिक्रिया