काठमाडौँ, ११ असोज । नेकपा एमालेका नेता माधवकुमार नेपालले सहकारीमार्फत ऋण लिएर युवाले उद्यम गर्न सके वैदेशिक रोजगारीका लागि भौंतारिनु नपर्ने बताउनुभएको छ ।
नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औँ साधारणसभामा पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो, “आर्थिक विकासबिना मुलुकको समृद्धि सम्भव छैन, देशको समग्र आर्थिक विकासका लागि सहकारीको पनि ठूलो योगदान छ ।”
नेता नेपालले स्वदेशमै बसेर उद्यमी बन्न युवाहरुलाई सुझाव पनि दिनुभयो ।
नेकपा एमालेका उपाध्यक्ष तथा सहकारीका सञ्चालक समितिका सदस्य अष्टलक्ष्मी शाक्यले सहकारीमा बचत गर्ने बानीले सीपमूलक तालिम, तरकारी खेती, कुखुरा व्यवसाय, सुगुरपालन, गाईपालन, मौरीपालनलगायत साना व्यवसाय सजिलैसँग गर्न सकिने बताउनुभयो ।
सहकारीका सल्लाहकार प्रदीप नेपाल र अमृतकुमार बोहराले आम्दानी कम भएका मानिसलाई वचत गर्नका लागि सबैभन्दा राम्रो माध्यम सहकारी भएको बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा गत आर्थिक वर्षमा निधन भएका सेयर सदस्य आशिष अधिकारीकी पत्नी सम्झनालाई १० हजार प्रदान गरियो ।
















प्रतिक्रिया