दमक, ११ असोज । झापाको दमकस्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानले सासू आमा पाल्ने असल ज्वाइँ र असल बुहारीलाई सम्मान गरेको छ ।
दमक– १० स्थित प्रतिष्ठानको आफ्नै कार्यालयमा एक कार्यक्रम गरी एक–एक जना ज्वाइँ र बुहारीलाई सम्मान गरेको हो । आफ्नै आमासरह माया दिएर सासू गङ्गामाया खतिवडालाई पाल्ने कोहवरा–७ का देवीभक्त न्यौपानेलाई सम्मान गरिएको छ ।
यस्तै सासू आमा पाल्ने असल बुहारी दमक–८ की हिमा दाहाललाई पनि कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय दमकका प्रमुख वासु कोइरालाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
प्रतिष्ठानले आफ्नो ११ आँै वार्षिक साधारणसभा तथा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धरमपुर–८ का १०१ वर्षीय लिलाबल्भव गजुरेललाई पनि सम्मान गरिएको अध्यक्ष सीताराम खतिवडाले जानकारी दिनुभएको थियो । रासस















प्रतिक्रिया