बैंगलोर, ११ असोज । तमिलनाडुकी मुख्यमन्त्री जयललितालाई बैंगलोरको विशेष अदालतले सन् १९९१ देखि १९९६ सम्म मुख्य मन्त्रीको रुपमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको अरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ ।
अदालतले जयललितामाथि एक सय करोड जरिवाना पनि लगाएको छ । भारतीय जनता पार्टीका नेता सुब्रमन्यन स्वामीले जयललिताबिरुद्ध १८ वर्षअघि मुद्दा हालेका थिए।
विशेष अदालतका न्यायाधीस जोन माइकल डी कुन्हाले यस्तो फैसाला सुनाएका हुन् । उनलाई अधिकतम सात वर्षको सजाय हुनसक्छ ।
फैसला आउने बित्तिकै जयललिताका समर्थकले हंगामा मच्चाएका छन् । चेन्नाईमा आइएडीएमकेका समर्थक र करुणानिधिका पार्टी डीएमकेका समर्थकबीच भिडन्त भएको छ । जयललिताका पार्टीका समर्थक आफ्नो ज्यान दिन पनि तयार देखिएका छन् ।
उनका सहयोगी शशिकला नटराजन, उनका आफन्त इलावरासी र पूर्व धर्मपुत्री सुधाकरणलाई पनि आरोपी बनाइएको छ । जयललितामाथि प्रष्टाचार निरोधक कानुन बमोजिम मुद्दा दर्ता गरिएको थियो ।
उनको घरमा सन् १९९६ मा छापा मार्दा ८९६ किलो चाँदी, २८ किलो सुन, १० हजार साडी, ७ सय ५० जुत्ता र ५१ वटा घडी भेटिएको थियो । एजेन्सी















प्रतिक्रिया