काठमाडौँ, ११ असोज । सरकारले बाढी पहिरो पीडितहरुलाई दशैँ–तिहार, बक्रईद र छठ लगायतका चाड पर्व मनाउन प्रति परिवार ३ हजार रुपैयाँ खर्च दिने भएको छ ।
सिंचाईमन्त्री एनपी साउदले रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा यस्तो जानकारीदिनुभएको हो ।
‘केन्द्रीय दैवी प्रकोप तथा उद्दार समितिले प्रत्येक बाढी पहिरो पीडितलाई पर्व खर्चको लागि प्रति परिवार ३ हजार रुपैया दिने निर्णय गरेकोे छ,’ साउदले भन्नुभयो ।
राष्ट्रपती डा. रामबरण यादवले गत हप्ता बाढी पहिरो प्रभावित क्षेत्रका जनताहरुसँग भेटेर फर्केपछि तत्काल समाधान गर्न सरकारलाई राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको थियो, त्यही आग्रह अनुसार सरकारले चाडपर्वलाई मध्येनजर राखि बाढी पहिरो पीडितहरुलाई विशेष राहत प्याकेज घोषणा गरेको पनि मन्त्री साउदले जानकारी दिनुभयो ।
मन्त्री साउदले अहिलेसम्म बाढी पीडितलाई १६ करोड रुपैयाँको राहत वितरण गरिसकिएको पनि जानकारी दिनुभयो ।
बाँके, बर्दीया, सुर्खेत, मुगु र दाङ लगायत विभिन्न क्षेत्रमा १० हजार घर पूर्ण क्षती भएको र २५ हजार आंशिक क्षतिग्रस्त बनेको तथ्याङक प्रस्तुत गर्दै
यसबाट १३ अर्ब बढीको संरचना समेत नोक्सानी भएको पनि उहाँले बताउनुभयो । उहाँले सरकारसँग तत्काल राहतका लागि १६ करोड रुपैयाँ रहेको स्पष्ट पार्नुभयो ।















प्रतिक्रिया