४ कार्तिक २०८३, बुधबार

मलाई सहानाले मात्र ‘हकार्ने’ आँट गर्नुहुन्थ्योःवामदेव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौँ, ११ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने मूल कार्यतालिकालाई पर सार्नु कुनै पनि हालतमा उचित नहुने बताउनुभएको छ ।

वाम–लोकतान्त्रिक आन्दोलनकी अगुवा सहाना प्रधानको पाँचौँ स्मृति दिनमा शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष ओलीले समयमा लोकतान्त्रिक संविधान जारी गरेर नेत्री प्रधानको सपना पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले मुलुकमा सङ्क्रमणकाललाई लामो समय राखिरहन चाहँदैन, त्यसैले सकेसम्म छोटो समयमा संविधान बन्नुपर्छ । माघ ८ गतेको कार्यतालिकाका लागि पर सार्ने र संविधान बन्न नदिने कार्य कुनै पनि हालतमा उचित हुँदैन ।’

उहाँले मुलुकमा पुनः हिंसा र तानाशाह जन्मन नसक्ने गरी आधारभूत रुपमा एकता र सहमतिका आधारमा संविधान ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले नेत्री प्रधान आफ्ना लागि आमासरह भएको स्मरण गर्दै आफ्नो दृढताबाट कहिल्यै पछि नहट्ने स्वभाव उहाँको थियो भन्नुभयो ।

नेता गौतमले आफूलाई हकार्न सक्ने एकमात्र नेत्रीका रुपमा प्रधानलाई सम्झनुभयो ।

नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले संविधानसभा निर्वाचनको एक वर्षभित्र संविधान जारी गर्ने र बाँकी वर्ष संविधानका बाँकी अङ्गहरुको निर्माणमा खर्चिनु पर्ने धारणा राख्दै संविधान निर्माणमा बाधा हाल्ने प्रवृत्तिको विरोधमा चाँडै आफूले विशेष उद्घोष गर्ने  बताउनुभयो ।

एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले नेत्री प्रधान सबैका प्रेरणाको स्रोत र अभिभावक रहेको बताउनुभयो ।

एमाओवादीका नेत्री हिसिला यमीले स्व प्रधान वाम, लोकतन्त्र, महिला र शैक्षिक आन्दोलनको अगुवाको पूर्ण नेत्री भएको विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल महिला सङ्घका अध्यक्ष डा डीना सङ्ग्रौला, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का संयोजक सीता पोख्रेल, महिला सुरक्षा दबाब समूहका अध्यक्ष शारदा पोख्रेल, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष मीना पाण्डे, सहानाका देवर विजयलाल श्रेष्ठले नेत्री प्रधानले राणाकालदेखि विभिन्न कालमा लोकतान्त्रिक र सामाजिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । रासस