१ कार्तिक २०८३, शनिबार

ओली निवासमा काँग्रेस नेतासँग के–के कुराकानी भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-finalकाठमाडौँ, ११ असोज  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार छलफल वर्तमान राजनीतिक जटिलताको कसरी अन्त्य गर्ने भन्ने विषयमा केन्द्रित भएको थियो ।

छलफलमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष विद्यादेवी भण्डारीसँगै  नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णबहादुर खड्का र वन मन्त्री महेश आचार्य सहभागी थिए ।

बिहान ९ बजेदेखि करिब एक घण्टा भएको छलफल एमाओवादीको नेतृत्वमा भएको संसद् अवरोध खुलाउने र संविधान निर्माणमा रहेका असहमतिको विषयमा सबै दललाई कसरी सहमतिमा ल्याउन सकिन्छ भन्नेबारेमा बढी केन्द्रित भएको थियो ।