आबिष्कार खनाल
रुपन्देही, १० असोज । मुक्तिनाथ विकास बैंक लि ले रुपन्देहीको रुद्रपुर– ९ हरैया बजारमा नयाँ शाखा कायालर्यको उद्घाटन गरेको छ ।
पोखरामा केन्द्रीय कार्यालय रहेको उक्त बैंकले शनिवार एक समारोहका बिच नयाँ शाखाको उद्घाटन गरेको हो । बैंकका अध्यक्ष मीनप्रसाद गुरुङले शाखाको शुभारम्भ गर्नुभएको थियो ।
शाखा उद्घाटनपछि प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले ग्रमिण क्षेत्रलाई लक्षित गर्दै उक्त स्थानमा शाखा बिस्तार गरेको बताउनुभयो ।
कार्यक्रममा बैंकका संचालक, कर्मचारी ,स्थानीय समाजसेवीका साथै स्थानीयको पनि उल्लेख्य सहभागिता रहेको थियो ।













प्रतिक्रिया