दाङ, ११ असोज । एमाओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टले एमाओवादीलाइृ पाखा लगाएर संविधान निर्माण गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल दाङले शनिवार बिहान तुलसीपुरमा गरेको साक्षात्कारमा उहाँले कांग्रेस र एमालेलाई आफूहरुको सहमति विना संविधान जारी नगर्न पनि चेतावनी दिनुभयो ।
‘एमाओवादीलगायतका दलहरुको सहमति बिना काँग्रेस एमालेले आफ्नो दस्तावेजलाई नै संविधान बनाउन खाजे त्यसलाई जलाउछौँ,’ उहाँले चेतावनीको भाषामा भन्नुभयो ।
संविधानलाई कुनै दल विशेषको नभई सम्पूर्ण राजनीतिक दल र जनताले आफ्नो महसुस गर्ने खालको बनाउनु पर्नेमा जोड दिनुभयो ।
‘कांग्रेस–एमाले लगायतका दलहरु अन्य दललाई बाइबास गरेर जंगवहादुरको शैलीमा अघि बढे फेरि विद्रोह हुन्छ,’ उहाँले भन्नुभयो ।
विष्टले दलहरुवीच राज्य पुर्नसंरचना, संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सवै दलवीच कुरा मिले माघ ८ मै संविधान जारी हुने दाबी गर्नुभयो ।















प्रतिक्रिया