सप्तरी, ११ असोज । नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाका सल्लाहकार तथा कान्तिपुर दैनिकका सप्तरी संवाददाता जीतेन्द्र खड्का आज बिहान सडक दुर्घटनामा परी घाइते हुनुभएको छ ।
पक्राउ परेका डा. सिके राउतका समर्थकहरुले सप्तरीको मङ्सापुरमा कान्तिपुर दैनिक पत्रिका जलाएको समाचार सङ्कलनका लागि मोटरसाइकलमा जाने क्रममा आज बिहान राजविराज–भारदह सडकखण्डअन्तर्गत १ नम्बर योगिनियामा खड्का दुर्घटनामा पर्नुभएको हो ।
दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार खड्काको हनुमाननगरस्थित अस्पतालमा उपचार भइरहेको छ । उहाँको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।















प्रतिक्रिया