न्युयोर्क, १० असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा शनिबार सम्बोधन गर्दै हुनुहुन्छ ।
महासभाको १४ औँ वक्ताका रुपमा उहाँले नेपालका तर्फबाट जलवायु परिवर्तन, जनसङ्ख्या व्यवस्थापन र विकास, सुरक्षा परिषद्मा सदस्य सङ्ख्या विस्तार, गरिबी निवारणलगायत अल्पविकसित तथा भूपरिबेष्ठित मुलुकसँग सम्बन्धित विषय उठाउने बुभिएको छ ।
महासभाका क्रममा प्रधानमन्त्री कोइरालाले जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । यही असोज ८ गतेदेखि सुरु भएको महासभाको उच्चस्तरीय छलफल यही असोज २१ गतेसम्म जारी रहनेछ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको सन् १९५५ मा सदस्यता लिएपछि महासभामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
नेपालको तर्पmबाट प्रधानमन्त्रीको हैसियतले सबैभन्दा पहिले सन् १९६० को महासभालाई तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले सम्बोधन गर्नुभएको थियो । नेपालले राष्ट्रसङ्घको ११औँ महासभाबाट सहभागिता जनाउने अवसर प्राप्त गरेको थियो । प्रधानमन्त्रीका हैसियतमा महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री कोइराला नवौँ व्यक्तित्व हुनुहँुने छ ।
तत्कालीन राजा महेन्द्रले २२औँ महासभालाई सन् १९६७ सम्बोधन गर्नुभएको थियो भने अन्य महासभामा परराष्ट्र मन्त्री एवम् राष्ट्र सङ्घमा खटिएका स्थायी प्रतिनिधिले सहभागिता जनाउँदै आउनुभएको थियो । रासस
















प्रतिक्रिया