१ कार्तिक २०८३, शनिबार

नेपाल वातावरण पत्रकार समूहमा नयाँ नेतृत्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , १० असोज । नेपाल वातावरण पत्रकार समूहको वार्षिक साधारणसभाले सहजमान श्रेष्ठको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भूपेन्द्र बस्नेत, महासचिवमा निमेष रेग्मी, कोषाध्यक्षमा टीकाराम राई, सचिवमा प्रगति शाही र सदस्यहरूमा रमेशप्रसाद भुषाल, गोविन्द पोखरेल, अमुदा श्रेष्ठ, बटुकृष्ण उप्रेती, रोशनी अधिकारी र दुर्गा कार्की निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा उपाध्यक्षका उम्मेदवारहरूबीच बराबरी मत परेपछि भूपेन्द्र बस्नेत पहिलो वर्ष र अब्दुल्लाह मियाँ दोस्रो वर्षका लागि निर्वाचित हुनुभएको छ ।

यस्तै, कोषाध्यक्षमा पनि मत बराबर भएकाले टीकाराम राई पहिलो वर्ष र सोमनाथ लामिछाने दोस्रो वर्षका लागि निर्वाचित हुनुभएको छ ।

साधारणसभाका अवसरमा वरिष्ठ पत्रकार भैरव रिसालले सन् २०१३ को वातावरण पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका अब्दल्लाह मियाँलाई प्रदान गर्नुभयो । समूहद्वारा प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार रहेको छ ।