२९ आश्विन २०८३, बिहिबार

एकैदिन छ ठाउँमा खुल्यो सानिमा बैंक, देशभर ३७ वटा शाखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanima-bank

काठमाडौं, १० असोज । सानिमा बैंकले देशका छ वटा ठाउँमा शुक्रबार एकैपटक छ वटा शाखा कार्यालय खोलेको छ ।

सुनसरीमा इटहरी शाखाको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिृकत भुवनकुमार दाहालले शुक्रबारबाट धरान, विर्तामोड, जनकपुर, कलैया र भैरहवामा पनि बैंकका शाखाहरू सञ्चालनमा ल्याइएकोे जानकारी दिनुभयो । बैंकले इटहरीमा सञ्चालनमा ल्याएको शाखासमेत अब सानिमा बैंकको शाखा ३७ पुगेको छ ।

अधिकृत पुँजी दुई अर्ब ५५ करोड रहेको नेपालका निजी क्षेत्रको कान्छो बैंकका रुपमा रहेको सानिमा बैंकको हालको निक्षेप २७ अर्बभन्दा बढी रहेको कार्यकारी प्रमुख दाहालले जानकारी दिनुभयो ।

बैंकले दुईदिनपछि सगरमाथाको लाहान र सुर्खेतमा शाखा सञ्चालनमा ल्याउँदैछ । बैंकले सुनसरी जिल्लाको धरान र इनरुवामा यसअघि नै शाखा सञ्चालनमा ल्याइसकेको छ । बैंकले ७०० भन्दा बढी शिक्षित युवालाई रोजगार दिइसकेको बताइएको छ ।