२९ आश्विन २०८३, बिहिबार

बजारभरि म्याद गुज्रेको ‘कोकाकोला’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

coca-cola

काठमाडौं, १० असोज । देशका विभिन्न ठाउँमा म्याद गुज्रेको ‘कोकाकोला’ बिक्री वितरण भइरहेको रहस्य खुलेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, सिरहाका प्रमुख राजेन्द्रलाल कर्ण नेतृत्वको अनुगमन टोलीले यस्तो रहस्य फेला पारेको हो । प्रमुख कर्णले भन्नुभयो, “दुई दिनमा करिब ५० भन्दा बढी पसल अनुगमन भयो । जिल्लाका सबै पसलबाट म्याद गुज्रेको ‘कोकोकोला’ फेला परेको छ ।”

म्याद गुज्रेको ‘कोकाकोला’ फेला परेपछि अधिकांश पसलेले खरिद गरेको दुई÷तीन दिनमात्र भएको दाबी गरेका छन् । एक पसलका सञ्चालकले भने “सर नष्ट नगर्नुस् । डिलरसँग दुई दिन अघिमात्रै खरिद गरेर ल्याएको छु । यदि म्याद गुज्रेको छ भने फिर्ता गर्छु ।”

व्यापारीहरूले दिएको जानकारीअनुसार डिलरले नै म्याद गुज्रेको ‘कोकाकोला’ बजारमा बिक्री गरिरहेका छन् । घरेलु प्रमुख कर्णले भन्नुभयो, “कोकाकोलाको डिलरमा छापामार्न पुगे पनि कोही फेला परेनन् ।”