सुनसरी, १० असोज । सुनसरीको इटहरीस्थित अरुण गेस्ट हाउसको मृत अवस्थामा फेला परेकी कुमारी सेन्देङ लिम्बुको हत्या उनकै श्रीमानबाट भएका रहस्य खुलेको छ ।
लिम्बुको लाश बक्स पलङ्ग भित्र गत असोज २ गते फेला परेको थियो ।
पाँचथर नागी गाविश २ घर भइ धरान १६ मा बसोबास गर्दे आएकी लिम्बुका दोस्रा श्रीमान्ु तेज बहादुर घिमिरेले योजनाबद्ध तरिकाले हत्या गरेको
इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
पाँचथरको दुरदिम्बा १ का ३९ वर्षीय घिमिरेलाई सुनसरीको पकलीबाट पक्राउ गरी अनुसन्धान गर्ने क्रममा त्यस्तो रहस्य खुलेको हो ।
घिमिरेले श्रीमती आफूसँगै बस्न नमानेपछि योजनाबद्ध रुपले इटहरीको अरुण गेस्ट हाउसमा बोलाई ९ नं को कोठामा घाटी थिचेर हत्या गरेको स्विकारेका थिए ।
पाँचथरको नागी २ का लोकबन्धु लिम्बुसँग वैवाहिक बन्धनमा बाँधिएकी लिम्बुले पुनः ६९ सालमा इटहरीकै राधाकृष्ण मन्दिरमा घिमिरेसँग दोस्रो विवाह गरेकी थिइन् । मृतक लिम्बुका पहिलो श्रीमान् तर्फ ११ वर्षे एक छोरा छन् ।
वैदेशिक रोजगारबाट फर्किएका पहिलो श्रीमानले घिमिरेसँग छुटाएर लगेपछि घिमिरेले उनलाई मार्ने योजना बनाएको अनुसन्धानका क्रममा फेला परेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया