४ कार्तिक २०८३, बुधबार

महिलाले गर्न थाले चरेसको तस्करी, दुई नेपाली महिला भारतमा पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १० असोज । गड्डाचौकी सीमा नाका छलेर अवैध बाटो भएर चरेस लैजाँदै गरेका रोल्पा इरिबाङ्गकी यकली पुनमगर र धनकुमारी पुनमगरलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीको शारदा ब्यारेज नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ती दुवैलाई १५ किलो ९८० ग्राम चरेससहित पक्राउ गरेको हो ।

गड्डाचौकी नजिक जिमुवाको बाटो हुँदै भारत गइरहेका बेला दुवै जनालाई एसएसबीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विश्वनिरञ्जन प्रधानले गड्डाचौकी नाका छलेर अवैध बाटोबाट भारततर्फ चरेस लैजाने क्रममा ती दुवै पक्राउ परेको बताउनुभयो ।