१ कार्तिक २०८३, शनिबार

सिन्धुपाल्चोकमा बसको ठक्करबाट दोलखाली युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १० असोज । काठमाडौँबाट दोलखा जादै गरेको बसको ठक्करले शुक्रबार एक युवकको मृत्यु भएको छ ।

बा २ ख ५७८१ नम्बर अरनिको यातयात सेवा समितिको बसले लामोसाँघु जिरी सडक खण्डको १२ किलो नजिकै दोलखा लामबगर–७ का १७ वर्षीया हिमलाल तामाङलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट लामाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दिपकराज खरेलले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।