१ कार्तिक २०८३, शनिबार

हिमलालको परिवारलाई दशैँ दशा बनेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १० असोज । हिमलाल तामाङको परिवारलाई दशैँ दशा बनेर आएको छ । दशैँमा घर जाने र परिवारसँग धुमधामसँग दशै मनाउने मनभरी चाहना बोकेर घर फर्किदैँ गरे हिमलाल बसको छतबाट खसेर ज्यान गएपछि उनको परिवारलाई दशैँ दशा बनेर आएको हो ।

लामोसाँघु जिरी सडक खण्ड अन्तर्गत सिन्धुपाल्चोकको ठूलो पाखर नजिक बसको छतबाट खसेर दोलखा लामाबगरका १७ वर्षका तामाङको ज्यान गएको हो ।

बा २ ख ५७८१ नम्बरको अरनिको सेवा समितिको बस छतमा बसेका उनको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।