गौशाला, १० असोज । चट्याङ लागेर महोत्तरीको सम्सीमा बिहीबार साँझ एक भारतीय महिलाको मृत्यु भएको छ भने दुई नेपाली महिला गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत विहारको कोरियाही–३ बस्ने रामकली देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा सम्सी–८ बस्ने सुनिता यादव र सम्सी–९ बस्ने लीला देवीे रहेका छन् ।
बिहीबार दुर्गापूजाको अवसरमा सम्सीमा कलश यात्रा भर्न भारतबाट आएकी रामकली, सम्सीका सुनिता र लीला यात्रा सकेर घर फर्किने बेलामा सम्सी–५ पुग्दा सिमसिम पानीसँगै परेको चट्याङले तीनै महिला लडेर घाइते भएका थिए ।
चट्याङबाट गम्भीर घाइते भएका तीनै महिलालाई उपचारका लागि भारतमा लगिएकामा भारतीय महिला रामकलीको मृत्यु भएको तथा घाइते नेपाली महिलाको उपचार त्यहाँ भइरहेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।















प्रतिक्रिया