काठमाडौ, १० असोज । देश बिखण्डनको अभियान चलाएको अभियोगमा पक्राउ परेका सीके राउतको अवस्था गम्भीर बनेको छ ।
प्रहरी हिरासतमै अनसन गरेपछि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राउतको अवस्था गम्भीर भएको बताइएको छ । गत सोमबारदेखि हनुमानढोका प्रहरीकै हिरासतमा आमरण अनसन बसेका राउत बिरामी भएपछि प्रहरीले बुधबार अस्पताल भर्ना गरेको थियो ।
पाँच दिनदेखि खाने कुरा नखाएका कारण अवस्था गम्भीर बनेको चिकित्सकले बताएका छन् ।
नेपाल आमालाई गाली गर्दै तराईलाई नेपालबाट अलग गर्नुपर्ने नारा लगाउँदै हिँडेका राउत दुई साता अघि मोरङको रंगेलीबाट पक्राउ परेका थिए । उनीविरुद्ध राज्यद्रोहको मुद्धा लगाइएको छ ।
















प्रतिक्रिया