धनुषा, ९ असोज । धनुषाको मदुवा गाविसको भोहिल गाउँमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
बिहीबार दिउँंसो घाँस काट्न गएका बेला चट्याङमा परी स्थानीय रीतादेवी मन्डलको मृत्यु भएको हो ।
चट्याङ लागेर स्थानीय सुमित्रा पण्डित, कलतिया देवी र पार्वती देवी गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















प्रतिक्रिया