४ कार्तिक २०८३, बुधबार

काँग्रेस –एमालेले जोरी खोजे कठघरामा उभ्याउछौँः चन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chand

काठमाडौँ, ९ असोज । नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले
काँग्रेस–एमालेलाई जनताको कठघरामा उभ्याउने चेतावनी दिनुभएको छ ।

राजधानीमा शुक्रबार प्रगतिशील गीतकार अग्र विष्टको ‘परिवर्तनका आवाजहरु’ नामक गीति एल्वम विमोचन कार्यक्रममा सचिव चन्दले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले आफ्नो अपराधलाई लुकाउन कांग्रेस र एमालेले माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोजेको समेत आरोप लगाउनुभयो । ती दलहरुले त्यसो गरे उनीहरुलाई तह लगाउन सेना बनाउँने पनि चेतावनी दिनुभयो ।

नेकपा–माओवादीको सहभागिता विनाको राज्य वैधानिक नहुने चेतावनी पनि उहाँले दिनुभयो ।

सर्वपक्षीय गोलमेच सम्मेलनलाई मानवअधिकारवादीहरुले गर्ने बहस भन्दा पनि तल्लोस्तरको बनाउन खोजेकाले आफुहरुले भाग नलिएको भन्दै उहाँले नेकपा–माओवादीको मग संविधानसभा विघठन रहेको स्पष्ट पार्नुभयो ।