४ कार्तिक २०८३, बुधबार

ओलीको सहयोग माग्न बाबुराम बालकोट टुप्लुक्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241

काठमाडौ, ९ असोज । संविधान निर्माणको कामले गति लिन नसकेको अरोप लागिरहेका बेला संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई भने सक्रिय बन्नुभएको छ ।

उहाँले बिहीबार मात्रै पनि संविधान निर्माणमा सहमति जुटाउने कुरामा सहयोग माग्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको हो ।

बिहीबार बिहानै ओली निवास बालकोटमा पुग्नु भएका भट्टराईले असोज १४ गतेभित्रै संविधान निर्माणमा सहमति जुटाउने कुरामा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार भट्टराईले ओलीसँग दलहरुबीच सहमति कायम गराउन सकारात्मक भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभएको थियो ।

ओलीसँगको भेटमा संसद खुलाउने विषयमा पनि कुराकानी भएको थियो । भट्टराईले बिहीबार नै साना दलसँग पनि छलफल गर्नुभएको छ ।