२९ आश्विन २०८३, बिहिबार

दशैं–तिहारलाई लक्षित गर्दै सोनीको युएचडी टिभी बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sony-new-tv-10

काठमाडौँ, ९ असोज । दशैं–तिहारलाई लक्षित गर्दै नयाँ सिरिजको युएचडी टेलिभिजन नेपाली बजारमा आएको छ ।

जापानीज टेलिभिजन निर्माता कम्पनी सोनीले भित्राइएका यी टेलिभिजन बुधबार साँझ एक समारोहबीच सार्वजनिक गरिएको हो ।
नेपालमा सोनी टेलिभिजन नेपा हिमा ट्रेड लिंकले बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सोनी ब्राभिया फोरकेका तीन सिरिज, फुल एचडी टिभीका चार सिरिज र आर सिरिज टिभीका दुई सिरिज नेपाली बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार फोरके एलइडीको एक्स९०००बी मोडल ६५ इन्च र ५५ इन्चमा र एक्स८५००बी मोडल ५५ इन्च र ४९ इन्चमा उपलब्ध रहेको बताइएको छ ।
त्यसैगरि, फुल एचडी टिभीको डब्लु८५०बी मोडल ६० र ७० इन्चमा उपलब्ध छ भने डब्लु८००बी मोडल ५५, ५० र ४२ इन्चमा, डब्लु७००बी मोडल ४२ र ३२ इन्चमा, डब्लु६००बी मोडल ६० र ४० इन्चमा तथा आर४७०बी, आर४२०बी र आर४७२ मोडलमा पनि उपलब्ध भएको कम्पनीले जनाएको छ ।