१ कार्तिक २०८३, शनिबार

गौशाला निर्माणार्थ आयोजित महायज्ञबाट रु १५ लाख सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ८ असोज । द्वारकापुरी दिव्यधाम तथा गौ संरक्षण केन्द्र (गौशाला) निर्माण गर्नेे उद्देश्यसहित भक्तपुरको बालकोट र टीकाथलीको सङ्गमस्थल गोदावरी नदी किनार बालकोटमा आयोजना गरिएको १६ दिने श्रीमद्भागवत ज्ञान महायज्ञ आजबाट सम्पन्न भएको छ ।

सोह्रश्राद्धभरि लगाइएको महायज्ञबाट रु १५ लाख २५ हजार सङ्कलन भएको केन्द्रका सल्लाहकार धु्रवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रका संरक्षक तथा महायज्ञका कथावाचक पण्डित अरबिन्द शास्त्रीले गौशाला निर्माणमा सरकारको ध्यान नपुगेपछि सडक, बाटो, चौरमा जथाभावी रुपमा छाडिएका गाई तथा बाच्छाबाच्छीको संरक्षण गर्ने मूल उद्देश्यसहित जनस्तरबाट गौशाला निर्माण गर्नका लागि महायज्ञको आयोजना गरिएको बताउनुभयो ।

आगामी पाँचवर्षभित्र भक्तपुरमा बृहत् गौशाला निर्माण गरी सडकमा छाडा छोडिएका गाई तथा बाच्छाबाच्छी सङ्कलन गरेर गौशालामा राख्ने उद्देश्यसहित गौ संरक्षण अभियान सुरु गरिएको उहाँको भनाइ थियो ।

सङ्कलित रकमबाट बालकोट र टीकाथली जोड्ने पुलको अधुरो कामसमेत पूरा गरिने भएको श्रेष्ठले जानकारी दिनुभयो । रासस