१ कार्तिक २०८३, शनिबार

एक सयभन्दा बढी व्यापारीलाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ८ असोज । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले महोत्तरी जिल्लाका प्रमुख तीन वटा सहर बजारका १०० भन्दा बढी व्यापारीलाई कारबाही गरेको छ ।

नापतौल यन्त्रहरु नियमित गराउने अभियानअन्तर्गत सदरमुकाम जलेश्वर तथा पिपरा र मटिहानीमा १०० भन्दा बढी व्यापारीलाई कारबाही गरेको सो कार्यालयले जनाएको छ ।

कार्यालयबाट टोली प्रमुख शिवनारायण साहको नेतृत्वमा गएको टोलीले मापदण्ड विपरीतका ढक, तराजु प्रयोग गरेर उपभोक्तालाई ठगी गरेको भन्दै उनीहरुलाई कारबाही गरेको हो ।

सो टोलीले जलेश्वरलगायत पिपरा र मटिहानीमा नापतौल यन्त्रको नियमित गराउने अभियान चलाएको छ । रासस