गुल्मी, ७असोज । जिल्ला प्रहरी कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका अन्तरगत सिमीचौर गाउँवाट सोमबार बेलुका ठुलो परिमाणमा काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक महेन्द्र नेपालका अनुसार सिमीचौरको ओमलाईट वोर्डिङ्ग स्कुल नजिकै वेवारिसे अवस्थामा रहेको सल्लाको ४२ थान काठ बरामद गरिएको हो ।
काठ बेवारिसे आस्थामा फेला परेको र हालसम्म कसैले दावी नगरेको बताइएको छ । बरामद गरिएका काठ जिल्ला वन कार्यालय गुल्मीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सिमीचौरका दुई वटा सामुदायिक वनमा काठ तस्करी भएको भन्दै मुद्धा परेको थियो ।
दुई मध्ये एउटा सामुदायिक वनको जिल्ला वनमा र अर्काको अदालतमा मुद्धा परेको वन कार्यालयका अधिकृत कर्णबहादुर पाण्डेले बताए ।
जिल्लामा रातौंरात काठ ओसार पसार हुने र मिलोमोतोमा तस्करी बढ्ने गरेको सर्वसाधरणको आशंका छ ।
















प्रतिक्रिया