२९ आश्विन २०८३, बिहिबार

यौन पिपासु व्यापारी थुनामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape

काठमाडौं, ७ असोज । उमेरले ६० नाघिसकेको छ, तर ६/७ वर्षका कलिला बालबालिकाहरूसँग यौन सन्तुष्टि लिने आदत । चकलेट र पैसा दिएर बालबालिकालाई ललाई फकाई दैनिक यौन चाहना पूरा गर्ने घिनलाग्दो दैनिकी । सुन्दापनि अचम्म लाग्छ ।

यस्तै आदत भएका एक मारवाडी व्यवसायी प्रहरी फन्दामा परेका छन् । बालबालिकाहरूलाई अप्राकृतिक मैथुन गराउन लगाएको आरोपमा व्यापारी जगदीश अग्रवाल गत बुधबार पक्राउ परेका हुन् । कपडाको ठूलो व्यापार गर्दै आएका अग्रवाललाई महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरेको हो । ४ देखि ११ वर्षका ६ जना बालबालिकालाई अग्रवालले अप्राकृतिक मैथुन गराउन लगाएको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । दुई बालिका र ४ बालकका आफन्तले अग्रवालविरुद्ध जाहेरी दिएका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई पक्राउ गरेको हो । वृत्त प्रमुख प्रहरी नायब उपरिक्षक बेद बिष्टका अनुसार बालबालिकालाई फकाएर कपडाको गोदाममा लगी उनले मैथुन गराउने गर्दथे । अग्रवालविरुद्ध प्रहरीले जर्बजस्ती करणी मुद्दाको महल ९ अनुसार मुद्दा चलाउने भएको छ । जसमा जर्बजस्ती करणी मुद्दामा भन्दा धेरै सजाय हुन्छ ।

इन्द्रचोकमा सारी र कुर्ता सुरुवालको पसल चलाउने उनले पसल आसपासमा बस्ने बच्चाहरूलाई चकलेट दिई फकाएर गोदाममा लाने गरेको अनुसन्धानमा खुलेको छ । अप्राकृतिक मैथुन गराएपछि उनले कसैलाई भने मारिदिने धम्की दिने गरेका थिए । मंगलबार एक बालक घर गएपछि वान्ता गरेपछि घटना बाहिर आएको थियो । बालकको आफन्तले सोधपुछ गर्दा अग्रवालको कर्तुत खुलेको थियो । त्यसपछि उनीहरूले प्रहरीमा उजुरी गरेका थिए । अरुमाथि पनि अग्रवालले त्यस्तो गतिविधि गरेको हुनसक्ने आशंकामा प्रहरीले सोधपुछ गर्दा अन्य पीडितहरू समेत खुलेर प्रहरीमा जाहेरी दिएका हुन् । अग्रवाललाई बिहीबार अदालतले थुनामा राख्न म्याद दिएको छ ।