काठमाडौं, ७ असोज । एमालेमा धेरै नेताहरूले राजनीतिक दौरानमा भेटिएका सहकर्मी कमरेडहरूलाई नै जीवनसाथी बनाएका घटना छन् । पार्टीको त्यही पदचाप पछ्याउदै भातृसंगठन अनेरास्ववियूमा पनि यो परम्परा सरेको छ ।
करिब पाँच वर्ष लामो प्रेमपछि नेतृ रचना खड्का र लेखनाथ पौडेल आगामी १० गते विवाहबन्धनमा बाधिँदै छन् । झन्डै दुई दशक अखिलको राजनीतिमा बिताएकी रचना पार्टीको वैकल्पिक केन्द्रीय सदस्य भइसकेकी छिन् । त्रिचन्द्र क्याम्पसको स्वववियू सदस्य भएका लेखनाथ अनेरास्ववियूको प्रशिक्षण विभागको सचिवसम्म भएका थिए । उनी एमाले नेता रामनाथ ढकालका भाञ्जा पनि हुन् । अनेरास्ववियूको राजनीतिकै क्रममा भेटघाट, चिनजान भई उनीहरूबीच विवाह हुन लागेको हो ।
अनेरास्ववियूभित्र धेरै प्रेमसम्बन्ध भएपनि अधिकांश गुपचुप छन् । महासचिव नवीना लामा पनि लामो समयदेखि प्रेमसम्बन्धमा छिन् । अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको प्रेममा उनी छिन् । दुवै जना काभ्रेकै हुन् ।
त्यस्तै नेतृ कमला बोहोरा अस्कल क्याम्पसका पूर्वस्ववियू सभापति कमल बस्नेतसँगको प्रेम छ । अखिलकी अर्की नेतृ मेनुका पछाईको पहिला एमालेकै नेता रहेका एक क्याम्पसका प्रिन्सिपलसँग प्रेमसम्बन्ध रहेको थियो । त्यसो त अनेरास्ववियूकै राजनीतिमा चिनजान भई रमेश आचार्य र उन्नती केसी विवाह बन्धनमा बाधिइसकेका छन् । एमाले नेता तथा अखिलका पूर्वअध्यक्ष रवीन्द्र अधिकारीको सचिवालय सदस्य भएकी विद्या भट्टराईसँग विवाह बन्धनमा बाधिएका हुन् । खासगरी कम्युनिष्ट पार्टीहरूमा राजनीतिसँगसँगै एउटै विचारधाराका हुने भएकाले सहकर्मीलाई नै जीवनसाथीका रुपमा रोज्ने प्रवृत्ति छ ।
















प्रतिक्रिया