काठमाडौं, ७ असोज । राष्ट्रिय मानवअधिकार आयोगले गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले मंगबालर एक विज्ञप्ति जारी गर्दै छोराका हत्यारामाथि कारबाहीको माग गर्दै अनसन बस्दै आउनुभएकी गोरखा फुजेलकी गंगामायाको जीवन रक्षाका लागि तत्काल ठोस कदम चाल्न सरकारलाई आग्रह गरको हो ।
गंगामायाका पति नन्दप्रसादको अनसन बसिरहेकै बेला वीर अस्पतालमा सोमबार साँझ निधन भएपछि आयोगले उहाँको अवस्थाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
आयोगले अनसन बसेका अधिकारीको निधनले अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारप्रति नेपाल सरकारको कमजोर सक्रियता चित्रित गरेको जनाएको छ ।
विज्ञप्तिमा अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै द्वन्द्वकालिन घटनाको निरुपण नगरे अझै भयावह अवस्था सिर्जना हुनेतर्फ सरकारलाई सचेत गराएको छ ।
अधिकारी दम्पत्तिको जीवन रक्षाका लागि पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकारले सुनुवाई नगरेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया