१ कार्तिक २०८३, शनिबार

१२ वर्षदेखि निजीस्रोतका शिक्षकका भरमा निमावि स्कुल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thanu-schoolभीमदत्तनगर, ७ असोज । कञ्चनपुरको पिपलाडी गाविसमा एक विद्यालय १२ वर्षदेखि राहत शिक्षकका भरमा चलिरहेको छ ।

चार सय छजना विद्यार्थी रहेको पिपलाडी–३ बन्साहको कृष्ण निम्न माध्यमिक विद्यालयमा हालसम्म एउटा पनि स्थायी शिक्षक छैनन् ।

चारजना राहत र पाँचजना निजीस्रोतका शिक्षकले विद्यालय धानेका छन् ।
जिल्ला शिक्षा कार्यालयले विद्यार्थी सङ्ख्याका आधारमा दिने प्रतिविद्यार्थी अनुदानको पैसाले निजीस्रोतका शिक्षकलाई तलब दिएर स्कुल चलेको विद्यालयका प्रधानाध्यापक दीपकराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न सरकारी तथा गैरसरकारी निकायसित गुहार गरेर खर्च चलाइरहेका छौँ ।’ विद्यालयसित रहेको पाँच बिघा जमिनमा रहेको घाँसपात बेचेर पनि स्कुल चलाउनुपरेको प्रधानाध्यापक भट्टले बताउनुभयो ।

निजीस्रोतका शिक्षकहरुका लागि मासिक रु ४४ हजार तलबमा खर्च हुने गरेको विद्यालयले जनाएको छ ।

आर्थिक अवस्था निकै दयनीय भए पनि चलिरहेको उक्त विद्यालयलाई व्यवस्थापन समितिले पनि माविस्तरको बनाउने योजना बनाएको  छ ।