१ कार्तिक २०८३, शनिबार

दुईवटा मोटरसाइकल जुध्दा प्रहरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ७ असोज । महोत्तरीको बर्दिबास गाविसमा सोमबारराति दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको तुलसी–५ घर भई इलाका प्रहरी कार्यालय बलवा महोत्तरीमा दरबन्दी रही इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत ३० वर्षीय यादव थापा रहेको प्रहरी निरीक्षक अशोक झाले बताउनुभयो ।

सोमबार राति साढे ७ बजे इलाका प्रहरी कार्यालय बर्दिबासबाट गौरीबासतिर जाने क्रममा प्रहरी जवान थापाले चढी गएको बा६२प ११८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज.५प ६३०६ नम्बरको मोटरसाइकल बर्दिबास–१ स्थित बाटोमा एकआपसमा जुध्दा थापा गम्भीर घाइते भई उपचारका लागि धरान लैजाँदै गर्दा सिरहाको लहानमा उनको राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सोही दुर्घटनामा विपरीत दिशाबाट मोटरसाइकलमा चढी आएका धनुषा तुलसी– ५ बस्ने ४२ वर्षीय रणबहादुर लामा गम्भीर घाइते भई उपचारका लागि गएराति नै काठमाडौँ लगिएको छ भने अर्का एकजना महोत्तरीको फुल्काहा–६ बस्ने २५ वर्षीय रन्धीरकुमार राय पनि गम्भीर घाइते भई निजको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।