काठमाडौं, ७ असोज । सोमबार राति निधन हुनु भएकी एमाले नेतृ साहना प्रधानको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले पार्टी कार्यालय बल्खुमा पुगेका छन् ।
प्रधानको पार्थीव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल र उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतमले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
प्रधानलाई श्रद्धाञ्जली अर्पण गर्न एमाओवादी नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ बल्खु पुग्नुभएको थियो ।
त्यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौलाले पनि बल्खु पुगेर सहानालाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
अन्य दलका नेता तथा कार्यकर्ताहरु पनि अन्तिम श्रद्धाञ्जलीका लागि बल्खु पुगेका छन् ।
प्रधानको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।















प्रतिक्रिया