२९ आश्विन २०८३, बिहिबार

‘नन्दप्रसादको शव बुझिदिने मानिस समेत भेटिएनन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nanda-prasad-adhikari-and-ganga-maya-couple
फाइल फोटो

काठमाडौं, ६ असोज । ३ सय ३३ दिन आमरण अनशन बस्दा पनि न्याय नपाएर जीवनलिला गुमाएका नन्दप्रसाद अधिकारीको शव बुझिदिने मानिस पनि भेटिएनन् ।

परिवारका कोही मानिस पनि नभएका कारण उनका शव वीर अस्पतालले नै शिक्षण अस्पताल महाराजगन्जमा लगेर छाडिदिएको छ ।

नन्दप्रसादका कान्छा छोराको तत्कालिन विद्रोही माओवादीले क्रुरतापूर्वक हत्या गरेका थिए भने जेठा छोरा नुरप्रसाद अधिकारी अहिले अर्धभुमिगत झैं अवस्थामा छन् । नन्दप्रसादसँगै आमरण अनसन सुरु गरेकी गंगामाया पनि अन्तिम अवस्थामा छिन् ।

जवाफदेही निगरानी समितिका अध्यक्ष एवं अधिकारकर्मी सुशील प्याकुरेलका अनुसार नन्दप्रसादको अन्त्येष्टि समेत अन्यौलमा परेको छ ।

प्याकुरेलले नन्दप्रसादको मृत्युलाई सत्याग्रहको हत्याको संज्ञा दिनुभयो । ‘सरकारको यो लापरवाहीको भत्सर्ना गर्दै नन्दप्रसादले उठाएको न्यायको झण्डालाई हामी मानव अधिकारकर्मीहरु झुक्न दिने छैनौ ।,’ प्याकुरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको प्रत्यक्ष निगरानी भएको नन्दप्रसादको मृत्युलाई सरकार न्याय प्रति चरम उदासिन छ भन्ने स्पष्छ भएको छ । नन्दप्रसादसंगै अनसनमा रहेकी उनकी श्रीमति गंगामायाको अवस्था पनि अत्यन्त नाजुक रहेकोले उनीहरुले उठाएको न्यायको मागलाई तत्काल सम्वोधन गरी अझै अनसरनरत गंगामायाको जीवन रक्षाको पहल गर्न हामी सरकारसंग जोडदार माग गर्दछौ ।’

नन्दप्रसादको मुत्युपछि सिंगो मानवअधिकारवादी समुदाय दुःखी भएको उहाँले बताउनुभयो ।

मानव अधिकार समुदायबाट जारी विज्ञप्ति पढ्न यहाँ क्लीक गर्नुहोस्