२९ आश्विन २०८३, बिहिबार

पूर्व राजाले भने–म आराम छु,ठिक भएँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyannendra

काठमाडौं, ६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

हृदयघात भएपछि उहाँलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि डस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालबाट बाहिरिने क्रममा पूर्वराजाले शुभचिन्तकहरुलाई ‘म आराम छु। ठिक भएँ,’ भन्नुभएको थियो ।

उहाँको उपचारमा संलग्न चिकित्सकहरुले पनि शाहले नियमित खानपिनसँगै अलिअलि हिँडडुल गर्न थालेपछि डिस्चार्ज गरेको बताएका छन् । उहाँलाई शनिबार राति हृदयघात भएको थियो।

राति साढे ९ बजेतिर अचानक छाती दुख्ने, पसिना आउने र रिंगटा लाग्ने लक्षण देखिएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो।