आबिष्कार खनाल
बुटवल, ६ असोज । बुटवल १३ रुपन्देहीमा रहेको शुभागमन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।
संस्थाले तेस्रो साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान जीवनदान” भन्ने मुल नारालाई आत्मसाथ गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा २३ जना रक्त दाताहरुले रक्तदान गरेका थिए ।
सहकारीको प्रथम अधिवेशनले शालिकराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा राजेन्द्र लम्साल कोषाध्यक्षमा कुल प्रसाद बस्याल र सदस्यहरुमा बिष्णु कुमारी घिमीरे, शान्ता बस्याल, तारादेवी लम्साल, लिला गौतम, रिता आचार्य र्निविरोध निर्वाचित हुनुभएको छ । यसैगरी, लेखा समिती संयोजकमा राजेन्द्र लम्साल (ख), सदस्यहरुमा भुमिश्वर काफ्ले र बिष्णु भण्डारी रहनु भएको छ ।














प्रतिक्रिया