काठमाडौँ, ५ असोज । नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मिति तोक्नुपर्ने माग राख्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा अनशनरत विद्यार्थी नेताले आज नवौँ दिनमा अनशन तोडेका छन् ।
काँग्रेस पार्टीले आगामी कात्तिक ३०, मङ्सिर १ र २ गते महाधिवेशन सम्पन्न गर्नुपर्ने सहितको मिति तोकेपछि अनशनरत विद्यार्थी शङ्कर पौडेल, गणेश सापकोटा, रवीन्द्र रोकाय र सुजन अधिकारीले अनशन तोड्नुभएको हो ।
उहाँहरुलाई पार्टी महामन्त्री प्रकाशमान सिंहले जुस खुवाएर अनशन तोडाउनुभएको थियो । नेविसङ्घको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने परिप्रेक्ष्यमा नेविसङ्घका नेताले विभिन्न माग राखी आमरण अनशन बसेको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै केन्द्रीय महाधिवेशन निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न गराउन पार्टीले निर्देशन दिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताउनुभयो ।
अनशनरत विद्यार्थीलाई अनशन तोडी अधिवेशन प्रक्रियामा संलग्न रहनसमेत पार्टीले निर्देश गरेको नेता जोशीले बताउनुभयो ।
निर्देशनअन्र्तगत कात्तिक २० गतेभित्र महाधिवेशन प्रतिनिधिको अन्तिम सूची तयार पारी त्यसका आधारमा महाधिवेशन सम्पन्न गर्ने तथा विधि र प्रक्रिया नपु¥याइएका तथा अधिवेशन हुन बाँकी रहेका जिल्ला र क्याम्पसको अधिवेशन केन्द्रीय निर्देशन समितिले संयन्त्र बनाई कात्तिक १८ गतेभित्र सम्पन्न गर्ने भनिएको छ ।
साथै महाधिवेशन दुई÷दुई वर्षमा बाध्यात्मक रुपमा गराउने व्यवस्थाको वैधानिक प्रबन्ध मिलाइने तथा महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्य केन्द्रीय निर्देशन समितिको प्रत्यक्ष निर्देशन र निरीक्षणमा सम्पन्न गरिने काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया