१ कार्तिक २०८३, शनिबार

एमालेमा अब आन्दोलन हुँदैन: नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-Tanka-raut

काठमाडौँ, ५ असोज । नेकपा एमालेका शीर्ष नेता माधवकुमार नेपाल आफ्नो पार्टीभित्र अब कुनै आन्दोलन नहुने बताउनुभएको छ ।

संविधान निर्माणका विषयमा छलफल भइरहँदा जातिय नारा घन्किँदै गएकोप्रति संकेत गर्दै नेता नेपालले एमाले भित्र अब कुनै पनि आन्दोलन नहुने बताउनुभयो । ‘पूर्वमा लिम्वुवान, तराईमा तथा काँग्रेसभित्रै पनि आन्दोलन हुन लागेको सुनियो, उहाँले भन्नुभयो, ‘तर एमालेमा अब कुनै आन्दोलन हुँदैन ।’ नेता नेपालले दुई साताभित्र संविधानसभाका विवादित विषयमा सहमति जुट्ने बताउनुभयो । यस अवधिमा विशेषगरी सङ्घीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीका बारेमा विभिन्न दलबीच देखिएका मतभिन्नतामा साझा सहमति कायम गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।

नेता नेपालले पार्टीभित्र ‘वान म्यान सो’ बढ्दै गएको भन्दै घुमाउरो शैलीमा अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभयो । ‘वान मान सो’ ले निरंकुशता र अराजतकता ल्याउने भन्दै उहाँले त्यसलाई स्वीकार्न नसकिने बताउनुभयो ।

पार्टी निकट प्रगतिशील वैदेशिक रोजगार व्यावसायिक मञ्चले दसै, तिहार, छठ तथा इदका अवसरमा राजधानीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकको अर्थतन्त्रलाई फराकिलो बनाउन विप्रेषण क्षेत्रको ठूलो योगदान रहेको बताउनुभयो । वैदेशिक रोजगारीका क्षेत्रमा भएका विकृति हटाउन सम्वन्धित व्यवसायी इमान्दार भएर लाग्नुपर्ने उहाँको सुझाव थियो ।

नेता नेपालले मुलुकमा संविधान जारी भएपछि जलस्रोत, पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई विदेश जानबाट रोक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

Madhav-Nepal

सभासद् अमरबहादुर थापाले मुलुकमा विद्यमान बेरोजगारी समस्याले युवाशक्ति पलायन भएकाले उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी आकर्षित गर्नुपर्ने धारणा राख्नु भयो ।

मञ्चका अध्यक्ष टंकबहादुर राउतले सरकारले प्रतिबन्ध गरेका मुलुकमा अवैधानिक तरिकाले कामदार पठाएर दुःख तथा जोखिममा कार्य गराउने व्यवसायीलाई कारबाहीको माग गर्नुभयो ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ, मञ्चका सल्लाहकार दानबहादुर तामाङ, वैदेशिक रोजगार फोरमका प्रज्ञान न्यौपाने, मञ्चका उपाध्यक्ष हरिबहादुर पाण्डे, महासचिव राजेन्द्र भण्डारी लगायतले बोल्नुभएको थियो ।