गंगराज पण्डित
बाजुरा, ५ असोज । प्राथामिक स्वास्थ्य केन्द्रको स्वास्थ्य सेवा दुइदिनदेखि ठप्प भएको छ ।
सुरक्षाको माग गर्दै शनिबार विहानदेखि आकस्मिक सेवा ठप्प पारी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि सेवाग्राही मार्कामा परेका छन् ।
स्वास्थ्यकर्मीहरुले माग पुरा नभएसमम आन्दोलन जारी राख्ने बताएका छन् ।
विनाकारण सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको मागसहित उनीहरु आन्दोलित बनेका हुन् ।
सेवा बन्द हुँदा कोल्टी क्षेत्रका ११ गाविसका स्थानीयलाई उपचार सेवामा समस्या भएको छ ।
आकस्मिक सेवा समत बन्द भएपछि विरामीले सास्ती बेहोर्नु परेको छ ।
शुक्रबार साँझ स्थानीय युवाहरुले स्वास्थ्य केन्द्र भित्र पसेर सेवारत स्वास्थ्यकर्मीमाथि कुटपिट तथा गाली बेइज्जती गरेको विरोधमा स्वास्थ्यकर्मीले आन्दोलन जारी राखेका हुन् ।
स्वास्थ्य कार्यालय प्रमुख डाक्टर दोस्ती रेग्मीले भने विरामीले समस्या नहुने गरी आन्दोलन गरेको बताउनु भएको छ ।
















प्रतिक्रिया