१ कार्तिक २०८३, शनिबार

राजनीतिक सम्मेलन भनेको एकदिने विचार गोष्ठी होइनः वैद्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohamn-baidhaiaya

काठमाडौँ, ५ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेस र

एमालेले सर्वपक्षीय राजनीतिक सम्मेलन भाँडेको आरोप लगाउनु भएको छ ।

‘कांग्रेस र एमालेले राजनीतिक निकास नचाहेकाले सर्वपक्षीय राजनीतिक सम्मेलन भाँडियो,’ उहाँले आइतबार खिमा रिजालद्वारा लिखित ‘अविचलित यात्रा’को विमोचन कार्यक्रममा भन्नुभयो, ‘सम्मेलनलाई विचार गोष्ठी जस्तो बनाउन खोजेकाले हामी सहभागी भएनौं ।’

नेकपा–माओवादीले शान्ति प्रक्रियाका बाँकी काम र संविधानका अन्तरवस्तुमा राष्ट्रिय सहमति गर्न गोलमेच सम्मेलनको माग गरेको उहा्ँको भनाई थियो । ‘केही दलले एकदिने विचार गोष्ठीमा सिमित गर्न खोजे,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामी सहभागी भएनौं ।’

अर्को एक प्रसंगमा अध्यक्ष वैद्यले माथिल्लो कर्णालीको पीडीए राष्ट्रहित विरोधी भएको बताउनुभयो । उहाँले आफ्नो देशलाई अन्धकारमा राखेर नेपालको सम्पदा विदेशीलाई दिनु नहुनेमा जोड दिनुभयो ।

देशकै लगानीकर्ताले बनाउन सक्ने परियोजनालाई विदेशीको हित हुने गरि सम्झौता भएकाले आफूहरुले विरोध गरेको वैद्यले बताउनुभयो ।
।
कृतिमाथि प्रगतिशिल लेखक संघका अध्यक्ष अमर गिरी, साहित्कार डा. जगदिशचन्द भण्डारी, समालोचक रमेश भट्टराई, महिला अधिकारकर्मी डा. रेणुराज भण्डारीले टिप्पणी गर्नुभएको थियो ।