२९ आश्विन २०८३, बिहिबार

मेगा बैंकले ल्यायो ‘मेगा ग्राहक सप्ताह’, ग्राहकहरुलाई विभिन्न लाभ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mega_bank

काठमाडौं, ४ असोज । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी ‘मेगा ग्राहक सप्ताह’ मनाउने भएको छ ।

दशैंको अवसर पारेर मेगाले बैंकको प्रधान कार्यालय, कान्तिपथमा ग्राहक सप्ताहको आयोजना गरेको हो । असोज ५ गते आइतबारदेखि असोज १० गते शुक्रबारसम्म चल्ने यो सप्ताहमा क्वीजदेखि विभिन्न कार्यक्रमबाट ग्राहकलाई मनोरन्जन प्रदान गरिनेछ । बैंकमा आउने ग्राहकहरुले सिइओ अनिलकेशरी शाह तथा राष्ट्रिय क्रिकेट टिमका सदस्य सुवास खकुरेल र अमृत भट्टराईसँग पनि सहजै अन्तरक्रिया गर्न पाउनेछन् ।

यसैगरी, आगामी तीन महिनासम्म नयाँ ग्राहकहरुले मेगा योङस्टार खाता खोली बचत भएको रकम बराबरको १ प्रतिशत रकम बैंकले ग्राहकहरुका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ तथा असहाय बालबालिकाहरुका शिक्षाको लागि सहयोग गर्नेछ ।

मेगा बैंकका सिइओ शाहले आफूहरुले ग्राहकलाई प्रमुख केन्द्रबिन्दुका रुपमा राखेकाले दशैंका बेला यसखाले कार्यक्रम आयोजना गरेको बताउनुभयो । यस्ता कार्यक्रमले ग्राहकसँग सम्बन्ध नजिकिन नयाँ आयम थप्ने उहाँले बताउनुभयो । सिइओ शाहले मेगा ग्राहक सप्ताहमा सहभागी भइदिन आग्रह समेत गर्नुभएको छ ।