सुर्खेत, ४ असोज । माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको परियोजना विकास सम्झौता पीडीएको विरोध गर्दै सुर्खेतलगायत कर्णाली र भरी क्षेत्रमा गरिएको बन्दलाई जनताले प्रतिकार गरेका छन्।
पीडीएको विरोध गर्दै आएका केही दलहरु र माथिल्लो कर्णाली सरोकार समितिले शनिबार बन्द आव्हान गरेका थिए । स्थानीय जनताले बन्दलाई प्रतिकार गरेपछि बन्दकर्ता नै सडक चोकबाट भागेका छन् । विकासविरोधी बन्दको प्रतिकार गरौं भन्दै जनता नै सडकमा उत्रेका थिए।
शुक्रवार नै पीडीएको विरोधमा कर्णाली सरोकार समिति, नेकपा–माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल र खस समावेशी पार्टीले सुर्खेतलगायत कर्णालीका ५ जिल्ला र भेरीका दैलेख र जाजरकोटमा बन्दको घोषणा गरेका थिए।













प्रतिक्रिया