२९ आश्विन २०८३, बिहिबार

सुन-चाँदीको भाउ घट्न थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, ३ असोज । सुनको भाउ लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, तीन दिनमा सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ घटी तोलाको ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार सुन तोलाको ५१ हजार ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो । भदौको अन्तिम दिन ३१ गते सुन तोलाको ५२ हजार ५० रुपैयाँमा भएकोमा त्यसयता निरन्तर ओरालो लागिरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ । शुक्रबार चाँदी तोलाको ७ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।