काठमाडौं, २ असोज । प्रभुले दशैंतिहारको अवसरमा सञ्चालन गरेको उपहार योजनाका पहिलो चार दिनका विजेताको नाम सार्वजानिक गरेको छ ।
नवलपरासीकी सीमा विक, बाराका आसमाहम्मद अन्सारी, काठमाडौंका चन्द्रबहादुर खड्का, पोखराकी सविता परियारले १ लाख १० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा उपहार पाएका छन् ।
त्यसैगरी काठमाडौंका ज्ञानकाजी तामाङ, सिराहाका राम यादव, काठमाडौंका दिनेस पाण्डे र सर्लाहीकी सारदा बोहराले लेमन मोवाइलको बी २०१ मोवाइलसेट प्राप्त गरेका छन् ।
यो योजना छठसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । योजनामा सहभागी एक भाग्यशाली बिजेताले बम्पर उपहार ४२ इन्चको एलइडी टिभी र डिस होम प्याकेज उपलब्ध गराइने छ । पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज प्रिm गरिदिने प्रभुले जनाएको छ ।
साप्ताहिक बिजेताले भने स्मार्ट फोन प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गर्ने जनाएको छ ।













प्रतिक्रिया