२९ आश्विन २०८३, बिहिबार

फुटपाथमा पसल राख्ने व्यवसायीले विराटनगर बन्द गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

480X320_43c043c1d1ae780c2a92d415e70c76f4

विराटनगर, २ असोज । फुटपाथमा पसल सञ्चालन गर्ने विराटनगरका खुद्रा व्यवसायीले विराटनगरमा बजार पसल बन्द गराएपछि यहाँ तनाव भएको छ ।

प्रशासनले विराटनगरको मुख्य चोकसहित सडक किनारामा रहेका फुटपाथ पसल हटाएपछि त्यसको विरोधमा खुद्रा व्यवसायीहरुले बजार पसल बन्द गराएका हुन् ।

व्यवसायीको दवावका कारण विराटनगरका मुख्य बजारका सबै पसल करिब बन्द भएका छन् ।

त्यसरी पसल बन्द गराउदै हिडुने १५ जना खुद्रा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई पसल बन्द गराउँदै हिँडेको अवस्थामा पक्राउ गरिएको हो ।

बुधबार प्रशासनले सुरक्षाकर्मीसहित विराटनगरमा रहेका फुटपाथ पसल हटाएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।